गर्मीमा ल्यापटपको स्याहार

19 May 2017
Go to English Version 

गृष्मयाममा हामी वरपरको वातावरणका साथै कोठाहरुको तापक्रममा वृद्धि हुनजान्छ । यस्तो तापक्रम वृद्धिले हाम्रो ल्यापटपलाई पनि असर गर्दछ। यदि हामीले उक्त अवस्थामै धेरै समयसम्म आफ्नो ल्यापटप चलाईराख्यौ भने यसले ल्पायपटपलाई स्थायी रुपमै नचल्ने गराउन सक्छ । हामीले महसुस पनि गरेका हुन्छौ, ल्यापटप तातेको अवस्थामा यसको गति सुस्त हुन्छ । यहाँ केही यस्ता सजिला उपायहरु दिइएका छन्, जसले तपाईको ल्यापटकको राम्रो स्वास्थ्य कायम राख्न र उच्च गतिमा कामगर्न सहयोग गर्नेछन् ।

आराम दिनुहोस्

मानिसलाई जस्तै ल्यापटपलाई पनि केही घण्टा काम गरेपछी आरामको आवश्यकता हुन्छ । विशेष गरी घरायसी ल्यापटपहरुलाई बिचबिचमा आरामको जरुरत हुन्छ । धेरै बेरसम्म प्रयोग गर्दा ल्यापटप भित्रको तापक्रममा उच्च वृद्धी हुनजान्छ र उक्त तापक्रमको विस्तार बाहिरसम्म पुग्छ । आफुले बेला बेलामा आराम गर्दा ल्यापटपलाई पनि बिभिन्न मोडमा राखेर आराम दिन सकिन्छ । जस्तै Sleep (छोटो समयको लागी); Hibernate (अलिबेरको लागी जस्तै १५ मिनेटभन्दा बढी समयको लागी).

 

 

हावाखेल्ने छिद्रहरु खुला राख्नुहोस

हाम्रो ल्यापटमा भित्रको तातो बाहिर फाल्नको लागी छेउछेउमा वा पछाडीपट्टी साना साना जाली जस्ता प्वालहरु हुन्छन् । ति प्वालमार्फत भित्र रहेको पंखाले तातो हावा बाहिर पठाउँछ र हाम्रो ल्यापटपको तापक्रम नियन्त्रणमा रहन्छ । जब कुनै कारणले ती प्वालहरुमा व्यवधान आउँछन्, भित्रबाट तातो हावा बाहिर निस्कन पाउँदैन । अन्ततल्यापटप भित्र भित्रै तात्न थाल्छ र यो तातोले समग्र ल्यापटपको कार्यक्षमतामा गम्भिर ह्रास आउन थाल्छ ।  त्यसकारण ल्यापटपलाई सिरक, डसनामाथी राखेर चलाउनु बुद्धिमानी हुँदैन । साथै ल्यापटप प्रयोग गर्दा कडा सतह भएको वस्तुमाथी (जस्तै टेबुल) राखेर चलाउनु राम्रो हुन्छ ।

अर्को महत्वपुर्ण कुरा, हाम्रो ल्यापटपलाई बेलाबेलामा पुरै खोलेर, सम्पुर्ण पाटपुर्जाहरु सरसफाई गर्नुपर्छ । तापक्रमलाई बाहिर फाल्न मद्दत गर्ने Heat Paste परिवर्तन गर्ने, साथै अन्य आवश्यक सरसफाई गर्नुपर्छ ।  यो प्रक्रियालाई सर्भिसिङ्ग  भनिन्छ । सर्भिसिङ्ग को बारेमा थप जानकारीको लागी यहाँ क्लिक गर्नुहोस ।

चिसो हावा खेल्ने व्यवस्था गर्नुहोस

ल्यापटपमा चिसो हावा खेल्न पाएको अवस्थामा यसले राम्रो काम गर्दछ । तपाईको ल्यापटप भित्र धेरै धुलो जमेको छ अनि सर्भिसिङ्ग गर्न पनि भ्याउनुभएको छैन भने, कृतृम यन्त्रको प्रयोगद्वारा यसलाई चिसो गर्न सक्नुहुनेछ । बजारमा थुप्रै किसिमका यस्ता Coolerहरु पाइन्छन् । आफुलाई उपयुक्त खालको खरिद गरेर आफ्नो ल्यापटप विग्रनबाट जोगाउन सक्नुहुन्छ ।

Comments from Facebook
Share

Arjun Adhikari

Arjun Adhikari is a professional writer and tech enthusiast. He designs and develops website and software. He has 15+ years of experience in computer systems and software.